Like us!
Follow us!
Connect us!
Watch us!

मनाङका केही वडामा काँग्रेस निर्विरोध

बुधबार, २० बैशाख २०७४, ०८ : २९ मा प्रकाशित

मनाङका केही वडामा काँग्रेस निर्विरोध


अर्थ संसार, 
मनाङ- नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङ्मर छिरिङ लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।  

नारफुको तीनवटाका सबै पदहरू सो पार्टीका उम्मेदवार र्निविरोध भएको  छन् ।  वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरू र्निविरोध निर्वाचित भएका हुन् । 

त्यस्तै काँग्रेसका तर्फबाट नासोङ गाउँपालिकाका वडा नं ४ मा अध्यक्षमा हुपजङ गुरुङ, वडा नं ६ मा ङिङमा अमेल पोतेल र वडा नं ७ मा धनबहादुर गुरुङलगायत अन्य सदस्यहरू र्निविरोध भएका छन् ।

नेपाली काँग्रेसले चामे गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवारका रूपमा अनिता लामालाई चुनावी मैदानमा उतारेको छ भने उपप्रमुखमा मुनेन्द्रजङ्ग गुरुङलाई अघि सारेको छ ।  

नेस्याङ गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा विनोद गुरुङ, उपप्रमुखमा  छिरिङ ओङमा गुरुङ घले, नासों गाउँपालिकामा प्रमुखमा चन्द्र घले, उपप्रमुखमा कमलमाया गुरुङ रहनुभएको छ ।

यता नेकपा (एमाल) ले चामेमा लोकेन्द्र घलेलाई प्रमुखमा उठाएको छ भने नेस्याङबाट कान्छा गुरुङलाई प्रमुख र  मिङ्खु गुरुङलाई उपप्रमुखमा अघि सारेको छ ।  एमालेले नासो गाउँपालिका प्रमुखमा मनबहादुर गुरुङलाई उठाएको छ । यस्तै माओवादी केन्द्रका तर्फबाट नेस्याङको प्रमुखमा याङडुङ गुरुङ, चामेको उपप्रमुखमा पासाङ विष्ट र नासोमा वेदबहादुर गुरुङलाई प्रमुखमा उठाएको छ ।  उता राप्रपाले नासोमा रामकृष्ण गुरुङलाई प्रमुखमा उठाएको छ ।
गोरखापत्रबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको