Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट पत्रकारलाई कोरोनाविरुद्धको खोप, आवश्यक कागजात के ?

अर्थ संसार

सोमबार, २६ माघ २०७७, ०९ : २३ मा प्रकाशित

आजबाट पत्रकारलाई कोरोनाविरुद्धको खोप, आवश्यक कागजात के ?

कोरोना भाइरस (कोभिड–१९ विरुद्ध) को खोप आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।  पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो ।

पहिलो चरणमा कोरोनाविरुद्धको खोपको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो ।

खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।

सहप्रवक्ता अधिकारीले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जानकारी पनि दिए ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको