Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमित एकको मृत्यु, एक सय छजनामा देखियो सङ्क्रमण

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १७ : ०१ मा प्रकाशित

कोरोना संक्रमित एकको मृत्यु, एक सय छजनामा देखियो सङ्क्रमण

कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । 

मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् । 

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।-रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको