Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ११ : २२ मा प्रकाशित

कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप आज बिहान काठमाडौं ल्याइएको हो ।

उक्त खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको