Like us!
Follow us!
Connect us!
Watch us!

आगलागी हुँदा नौ लाख क्षति

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १४ : १४ मा प्रकाशित

आगलागी हुँदा नौ लाख क्षति

रैनादेवी छहरा गाउँपालिका– ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा आज रु नौ लाख बराबरको क्षति भएको छ । 
 
रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आज बिहान करीब ४ः३० बजेको समयमा लागेको आगो बिहान ५ः५० बजे इलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो । 
       
त्यस्तै, आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाइउडलगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे भने थप अनुसन्धान भइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको