कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले संयुक्त वार्षिक सभा आह्वान गरेको छ । बैंकको माघ २६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकको १५औं र १६औं वार्षिक साधारणसभा फागुन २१ गते शुक्रबार मेरो प्लानेट, नेपालगंजमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा-नोक्सान, वासलात तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, बैंकको नियमावलीको नियम ११ बमोजिम बैंकको ख सर्वसाधारण समूहबात २ जना संचालकहरुको चयन पनि गरिनेछ । 
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस