Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेन्ट बैंकले सुधार प्रक्रियामा प्रगति गरेको स्पष्ट पार्दै भ्रामक समाचारप्रति सचेत रहन आग्रह

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, ०८ : २६ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकले सुधार प्रक्रियामा प्रगति गरेको स्पष्ट पार्दै भ्रामक समाचारप्रति सचेत रहन आग्रह

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट निर्देशित शिघ्र सुधारात्मक कार्यवाही अन्तर्गत सुधार प्रक्रियामा उल्लेखनीय प्रगति गरेको जानकारी गराउँदै केही अनलाइन माध्यममा आएका भ्रामक र अतिरञ्जित समाचारप्रति आफ्नो असहमति प्रकट गरेको छ। बैंकले मंसिर ११ गते जारी गरेको प्रेस विज्ञप्तिमा बैंकको वित्तीय स्थितिबारे स्पष्ट पार्दै ग्राहकहरू, शुभचिन्तकहरू, र आम जनतालाई यस्ता समाचारहरूको प्रभावमा नपर्न आग्रह गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सुधारात्मक प्रक्रिया अपनाउँदै बैंकले वित्तीय सूचकांकहरूमा सुधार ल्याएको छ। २०७९/८० को आर्थिक वर्षमा ५९.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपातलाई २०८०/८१ मा घटाएर ४०.८५ प्रतिशतमा ल्याइएको छ। हालसम्म यो अनुपात थप घट्दै असोज मसान्तसम्ममा २९.४९ प्रतिशत कायम भएको छ।

तरल सम्पत्ति/कुल निक्षेप अनुपात आर्थिक वर्ष २०७९/८० मा ३३.०१ प्रतिशतबाट २०८०/८१ मा बढेर ३९.१० प्रतिशत पुगेको छ। त्यस्तै, कर्जा-निक्षेप अनुपात ६६.१३ प्रतिशतबाट घटाएर ५५.०२ प्रतिशतमा ल्याइएको छ। यसले बैंकको तरलता व्यवस्थापनमा सुधार आएको र निक्षेपकर्ताको रकम सुरक्षित रहेको देखाउँछ।

बैंकले सुधार प्रक्रियाले आफ्नो नियमित बैंकिङ कारोबारमा कुनै असर नपर्ने र ग्राहकहरूले निर्वाध रूपमा सेवा लिन सक्ने सुनिश्चितता दिएको छ। नेपाल राष्ट्र बैंकको नीति, निर्देशन, र कानूनी परिधिभित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले भ्रामक समाचारप्रति सचेत रहन सबैमा आग्रह गरेको छ।

प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाहले ग्राहकहरूको सहयोग र विश्वासले बैंकलाई अझ बलियो बनाउन प्रेरणा दिएको भन्दै आभार व्यक्त गरेका छन्। बैंकले आर्थिक सुधारको प्रक्रियामा रहेका थप उपलब्धिहरू निकट भविष्यमा हासिल गर्ने लक्ष्यसहित आफ्नो सेवा सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ।

674bccef60032.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको