Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेण्ट बैंकको सेयर कारोबार स्थगनको कारण: सेबोनको आधिकारिक जानकारी सार्वजनिक

अर्थ संसार

सोमबार, २२ पुस २०८१, ०९ : १४ मा प्रकाशित

कर्णाली डेभलपमेण्ट बैंकको सेयर कारोबार स्थगनको कारण: सेबोनको आधिकारिक जानकारी सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको सेयर कारोबार स्थगन गर्ने निर्णयको स्पष्टिकरण दिँदै भनेको छ कि यो कदम लगानीकर्ताको हितमा गरिएको हो। बैंकलाई समस्याग्रस्त संस्था घोषित गरी, नेपाल राष्ट्र बैंकले उक्त बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरेको छ। वर्तमानमा, यस बैंकको सञ्चालन राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले गरिरहेको छ।

धितोपत्र बोर्डले केहि लगानीकर्ताका जिज्ञासालाई स्पष्ट पार्दै, कर्णाली डेभलपमेण्ट बैंकको शेयर कारोबार स्थगन गर्ने निर्णय धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम लिइएको जनाएको छ। यस आधारमा, नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेर अर्को व्यवस्था नभएसम्म सेयर कारोबार स्थगन गर्न निर्देशन दिइएको हो।

नोट: नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेण्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको पत्र धितोपत्र बोर्डलाई पठाएको थियो। त्यसपछि धितोपत्र बोर्डले उक्त बैंकको सेयर कारोबार स्थगन गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो।

कर्णाली डेभलपमेण्ट बैंकको सेयर कारोबार स्थगनले लगानीकर्ताहरूको हितलाई प्राथमिकता दिने उद्देश्यले यो कदम चालेको बोर्डको भनाइ छ। भविष्यमा यस विषयमा थप अध्ययन गरी रायसहितको प्रतिवेदन नेपाल स्टक एक्सचेन्जलाई पेश गरिनेछ।

677b4e3c8c486.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको