Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेन्ट बैंकले बढायो मंसिरलाई ब्याजदर !

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, ११ : १४ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकले बढायो मंसिरलाई ब्याजदर !

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको मुद्दति निक्षेपको ब्याजदर बढाएको  छ। 

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गरिने छ  । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ७.८५ प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा  पनि अधिकतम ६.५ प्रतिशत दिदैं आएको थियो भने  रेमिट्यान्स खातामा पनि ७.५  प्रतिशत ब्याजदर  नै रहेको थियो। 

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा १०.८५  प्रतिशत ब्याजदर तय गरेको छ ।  मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ८.८५ प्रतिशत ब्याज पाउने छन् ।

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। 

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा १०.५  र  संस्थागतमा ८.५  प्रतिशत ब्याज दिंदै आएको थियो । 

हेर्नुहोस सूचना 

6555a8e0ad510.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको