Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको नाफा १६.१३ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, ०९ : १२ मा प्रकाशित

शिवम् सिमेन्टको नाफा १६.१३ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। उक्त नाफा गत वर्ष यही अवधिको तुलनामा १६.१३ प्रतिशतले धेरै हो। गत वर्ष कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमासमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ९.३६ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले उत्पादन बिक्रीबाट ४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा यो आम्दानी १६५.३० प्रतिशतले धेरै हो । गत वर्ष यस्तो आम्दानी १ करोड ३१ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।  त्यसैगरी, प्रतिसेयर आम्दानी (ईपीएस) २६.८० रुपैयाँ  र प्रतिसेयर नेटवर्थ २०३.८३ रुपैयाँ रहेको छ। 
 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

6022021045c11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको