शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १२.५०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
घोषित लाभांशमध्ये २.५०% बोनस सेयर र कर प्रयोजनका लागि १०% नगद लाभांश रहने कम्पनीले जनाएको छ। साधारण सभाले पारित गरेपछि लाभांश सेयरधनीमा वितरण गरिनेछ। लाभांश पारित गर्नका लागि यही मंसिर २५ गते काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारणसभा बोलाएको छ भने मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस