Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका लगानीकर्ताले धेरै गुमाए

नेप्से

मंगलबार, २७ माघ २०७७, १६ : ३२ मा प्रकाशित

यी १० कम्पनीका लगानीकर्ताले धेरै गुमाए

आज (मंगलबार) ओरालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक २९.५७ अंकले घटेर २५३१.९१ अंकमा पुगेको हो  । नेप्से १.१५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ४.८९ अंकले घटेर ४६१.७० अंकमा पुगेको छ ।

कुल १ सय ९२ वटा कम्पनीको १ करोड २० लाख ४२ हजार ५०९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३ करोड ७५ लाख ५६ हजार ५०९  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । लामो समयपछि कारोबार रकममा एकैपटक धेरै गिरावट आएको हो ।  अनलाइन ट्रेडिङ सिस्टममा समस्या आउँदा कारोबार रकममा गिरावट आएको हो  ।

मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, नेरुड़े लघुवित्त विकास बैंक लिमिटेड, छ्यांदी हाइड्रोपावर लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन् ।
 

602269ca8a4cf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको