विभिन्न बैंकहरु मार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागु गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फिलता भएको व्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैंकले त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन आवश्यक पहल गर्ने भएको हो ।
नेपाल सुनचाँदी व्वयसायी महासंघका प्रतिनिधीमण्डलसँग सोमबार भएको छलफलमा राष्ट्र बैंकको विदेशी विनिमय भिागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसा काम भए नभएको अनुगमनगरी त्यसलाई व्यवस्थित तगर्न पहल गरिने प्रतिवद्धता जनाउनुभयो ।
त्यसक्रममा उहाँले तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ गावै सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आफूर्तिमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकनगर्न र व्यवसायीले उठाएका अन्य जायक मागहरुको सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको बताउनुभयो ।
त्यसैक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनमा दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हलगर्नकालागि पहल गर्न आग्रह गर्नुभयो ।
उहाँले व्यवसायीलाई परेका समस्इा समाधानगर्न राष्ट्र बैंकको अहं भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गर्नुभयो । महासंघका उपाध्यक्ष पवन कुमार सोमानीले त्यसक्रममा ब्यवसायीमाथि पुरेका विभिन्न समस्या बारे जानकारी गराउनुभएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस