Like us!
Follow us!
Connect us!
Watch us!

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ११ : ५० मा प्रकाशित

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ । 

यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् निराजन सापकोटाले बताए । “उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो” उनले भने,“हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १.३ मिलिलिटर मात्र वर्षा भएको छ ।” यसअघि गत बिहिबारदेखि शनिबारसम्म प्रभाव रहेको पश्चिमी वायु त्यति  शक्तिशाली नभएकाले कमजोर किसिमको मौसमी प्रणाली आज साँझबाटै हट्ने महाशाखाका वरिष्ठ मौसमविद सापकोटाले बताए ।
    
त्यस्तै, मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना रहेको छैन् । सो प्रणालीको प्रभाव साँझापखबाट हटेर जाने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सुकुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । 

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश नं १ तथा वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँको उत्तरी क्षेत्रमा साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद सापकोटाले बताए । 

त्यसैगरी, रातिको समयमा बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं का पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि बिहीबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । माघ ३० गते शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको