Like us!
Follow us!
Connect us!
Watch us!

एशिया एशिया बैंकले ल्यायो 'भ्यालेन्टाइन्स डे'मा विशेष योजना

अर्थ संसार

बुधबार, २८ माघ २०७७, १४ : ५० मा प्रकाशित

एशिया एशिया बैंकले ल्यायो 'भ्यालेन्टाइन्स डे'मा विशेष योजना

पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेका अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ। 

यस योजनाअनुसार बैंकले ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यले डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ।

बैंकले यहीमाघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गगर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओद्वारा भुक्तानी गर्न र र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ। योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिने र सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकको विजेता बन्ने उच्च सम्भावना रहने बैंकले जनाएको छ। 

काठमाण्डौबाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहकका लागि उनीहरूलाई पायक पर्ने नजिकको तारे वा सोसरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैंकले जनाएको छ। उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ। 

त्यसैगरी नयाँ ग्राहकलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ। यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन। यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको