Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

अर्थ संसार

बुधबार, २८ माघ २०७७, १९ : ३२ मा प्रकाशित

बधाई छ ! सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

 सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बैंकको सञ्चालक समितिले शर्मालाई  बैंकको सीईओमा नियुक्त गरेको हो ।

यसअघि माछापुच्छ्रे  बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार नै सनराइज बैंकको सीईओका रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेको हो ।

बैंकका निवर्तमान सीईओ जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै उनी बैंकका सीईओका रुपमा भित्रिएका हुन् । 

शर्मासँग यसअघि ग्लोबल आईएमइ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव भएका शर्मा 

एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने  उनले अर्थशास्त्र  र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको