सनराइज बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा असार ३ गतेका लागि डाकेको छ । बैंकले सभा आम्रपालि व्यांक्वेट बालुवाटारमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले मर्जर प्रयोजनार्थ मुल्याङनकर्ताले तयार गरेको बैंकको चल–अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।
सभा प्रयोजनार्थ बैंकले जेठ २३ गते बुक क्लोज गरेको हुँदा जेठ २२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस