Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी बैंकले डाक्यो विशेष साधारण सभा

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, ११ : ०५ मा प्रकाशित

सनराइज बैंकसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी बैंकले डाक्यो विशेष साधारण सभा

लक्ष्मी बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले अषाढ ३ गते आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे बस्ने गरि विशेष साधारण सभा आह्वान गरेको हो । सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने मर्जर सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ता एनबीएसएम एण्ड एसोसियट्सबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको सेयर आदानप्रदान अनुपातको आधारमा सन्राइज बैंक लिमिटेडको १ कित्ता सेयर बराबर लक्ष्मी बैंक लिमिटेडको १ कित्ता सेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ। सो प्रयोजनाका लागि बैेंकले जेठ २६ गते बुक क्लोज गर्ने भएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको