Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले ल्यायो आफ्नै मोबाइल वालेट

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १६ : १५ मा प्रकाशित

माछापुच्छ्रे बैंकले ल्यायो आफ्नै मोबाइल वालेट

माछापुच्छ्रे बैक लिमिटेडले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालनमा ल्याएको छ ।

बैंकिङ्ग क्षेत्रमाविभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले बिशेषगरि डिजीटल बैंकिङ्गमा नयाँ-नयाँ खोज र अनुसन्धान गर्दै नयाँ-नयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ । यसै क्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले बैंकले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको हो । 

Robust टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउनएकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जनागरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियोमार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् ।

यसका साथै रेमिट्याप बिशेष गरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले बिदेशको साथै नेपालभित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । 

यसरी रेमिट््यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढिएजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ । यसबाहेक रेमिट्यापवालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एपचलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।

स्थापनाकालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १५६शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१  स्थानमा रहेका सेवा सञ्जालतथा १९७ वटा एटीएमहरु तथाकरिब २हजार भन्दा बढि पिओएस ९एइक् ःबअजष्लभ०मार्फत बाट ग्राहकमहानुभावहरुलाई अत्याधुनिकप्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको