Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको नाफामा ३०.२३ प्रतिशतले गिरावट, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, ३० माघ २०७७, ०९ : ०१ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको नाफामा ३०.२३ प्रतिशतले गिरावट, ईपीएस कति ?

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिको तुलनामा संस्थाको नाफामा ३०.२३ प्रतिशतले गिरावट आएको हो। गत वर्ष सोहि अवधिमा संस्थाले २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा संस्थाको सञ्चालन मुनाफामा पनि गिरावट आएको छ  गत वर्ष सञ्चालन मुनाफाबापत ४१ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको संस्थाको मुनाफा घटेर २९ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ।

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ६३ करोड ५० लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६८ करोड २० लाख रुपैयाँ रहेको थियो।

संस्थाको चुक्तापुँजी १७ अर्ब ८६ करोड रुपैयाँ र जगेडा कोष १ अर्ब ५३ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४६.५७ रुपैयाँ रहेको छ, भने प्रतिसेयर नेटवर्थ २९३.३२ रुपैयाँ रहेको छ। 
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

6025fc258b241.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको