Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, ०१ फागुन २०७७, १० : ०९ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । यस साता आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे साधारण सेयर (आइपिओ) सूचिकृत पनि यसै साता नेप्सेमा सूचिकृत भएको छ ।

कुनको कति कित्ता ?
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे साधारण सेयर (आइपिओ) २० करोड कित्ता साधारण सेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्यूनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बैंककाे आइपिओलाई सेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ । 

मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको