Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार यी कम्पनीका लगानीकर्ता मालामाल, तपाई पनि पर्नुभयो कि ?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १५ : ५१ मा प्रकाशित

आइतबार यी कम्पनीका लगानीकर्ता मालामाल, तपाई पनि पर्नुभयो कि ?

साताको पहिलो दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा पुगेको हो  । नेप्से १.३२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ९.३१ अंकले घटेर ४५४.१२ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ४८ लाख ५१  हजार ५९२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८  हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयर बजार घट्दा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सबैभन्दा बढी कारोबार गरेको छ ।  बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) बैंककाे पहिलो कारोबार भएको हो । स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर बढेर ३७४ रुपैयाँमा पुगेको हो । 

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् ।

6028f6cf90141.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको