Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा, कति भयो कारोबार ?

नेप्से

विहीबार, ०६ फागुन २०७७, १५ : १३ मा प्रकाशित

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा, कति भयो कारोबार ?

साताको अन्तिम दिन आज (बिहिबार) पनि सेयर बजारले नयाँ इतिहास रचेको छ । आज सेयर मापक नेप्से २६३६ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८अंकमा पुगेको छ । नेप्से ०.९७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १.४७ अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ३ वटा उपसमूहहरुको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:

602e34bf7a7c8.JPG 602e34cc1bb6d.JPG 602e34cc413d5.JPG 602e34cc7f280.JPG 602e34cca48b5.JPG 602e34ccae0ef.JPG 602e34cd16511.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको