Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड २२ लाख कित्ता बाेनस सेयर सूचिकृत

नेप्से

शुक्रबार, ०७ फागुन २०७७, १४ : ५७ मा प्रकाशित

नेप्सेमा १ करोड २२ लाख कित्ता बाेनस सेयर सूचिकृत

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ७ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । यस साता नेप्सेमा एक करोड २२ लाख ३० हजार कित्ता सेयर थपिएको हो । 

स्टकका अनुसार यस साता अपि पावर कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड,  हिमालयन डिष्टिलरी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड,  एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको  बोनस सेयर सूचिकृत भएको हो ।

स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५ सय ६१.५० कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडको ४८ लाख ६५ हजार ६ सय १३.१७ कित्ता, कामना सेवा विकास बैंक लिमिटेडको ११ लाख १७ हजार ६ सय ८३.७९५७ कित्ता,  हिमालयन डिष्टिलरी लिमिटेडको २८ लाख ९२ हजार ३ सय ४१.२५ कित्ता, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १ सय ६२ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २ सय २५ कित्ता र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख १७ हजार ४ सय ५० कित्ता बाेनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको