Like us!
Follow us!
Connect us!
Watch us!
भिडियो कुराकानी

युनाइटेड फाइनान्सले अर्को बर्ष आकर्षक लाभांश दिन्छः प्रमुख कार्यकारी अधिकृत मिश्र

अर्थ संसार टक

आइतबार, ०९ फागुन २०७७, ०० : ०० मा प्रकाशित

युनाइटेड फाइनान्सले यस बर्ष सेयरधनीलाई कुनै लाभांश दिएन । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र भने ८ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता हुँदाहुँदै फाइनान्सलाई बलियो बनाउन मुनाफालाई जगेडामा राखिएको बताउँछन् । उनी आगामी बर्ष फाइनान्सले आकर्षक लाभांश दिने दावी गर्छन् । 'हाम्रो जगेडा कोष राम्रो छ,' उनी भन्छन्, 'विगतको मुनाफा र भारतको मुथ्थुड फाइनान्सको लगानी भित्र्याउँदा आएको प्रिमियम रकम जगेडामा राखेका छौं । त्यसमा यस बर्षको मुनाफासमेत जोडेर अर्को बर्ष आकर्षक लाभांश दिन्छौं ।'

युनाइटेड फाइनान्स विदेशी लगानी रहकाे पहिलाे फाइनान्स कम्पनी हाे । भारतकाे गाेल्ड लाेन प्रदान गर्न प्रसिद्ध मुथ्थुड फाइनान्सले युनाइटेडमा सेयर लगानी गरेकाे छ । यस्तै चौधरी समुह, अग्रवाल समुह लगायत नेपालका चर्चित औद्योगिक घरानाको लगानी यसमा छ । युनाइटेड फाइनान्स ठूला बैंकहरुसँग मर्जरमा जाने कुराले केही दिनयता बजार निकै तातेको छ । प्रमुख कार्यकारी मिश्र भने अहिलेसम्म कम्पनीले मर्जरको निर्णय नगरिसकेको बताउँछन् । उनी कम्पनीले आगामी साधारणसभाबाट मर्जरमा जाने निर्णय गर्ने बताउँछन् । युनाइटेड फाइनान्सको प्रगति कम्पनीको चौमासिक प्रतिवेदनमा सुस्त देखिएको छ । प्रमुख कार्यकारी अधिकृत मिश्र भने कोभिडको असर प्रतिवेदनमा देखिएको बताउँछन् । तेस्रौै चौमासिकमा सबैलाई आश्चर्यमा पार्ने गरी सबै सूचकहरु आउने उनको दावी छ ।

युनाइटेड फाइनान्स हायर पर्चेज कर्जा दिनकै लागि स्थापना गरिएको र यसको पहिचान समेत त्यसमै भएकाले कोभिडले ऋण असुलीमा केही असर गरेको मिश्रको भनाइ छ । फाइनान्सले आगामी दिनहरुमा घरकर्जा, ब्यवसाय कर्जामा पनि संस्थाले ध्यान दिने उनी बताउँछन् । फाइनान्सको समग्र अबस्थाबारे प्रमुख कार्यकारी अधिकृत मिश्रसँग अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको