Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे नबिल बैंक र यूनाईटेड फाइनान्सकाे एकीकृत कारोबार

अर्थ संसार

आइतबार, २७ असार २०७८, ११ : ३८ मा प्रकाशित

सुरू भयाे नबिल बैंक र यूनाईटेड फाइनान्सकाे एकीकृत कारोबार

नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गरी आज (असार २७ गते, आइतबार) देखि एकीकृत कारोबार सुरु गरेको छ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पाैड्याल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पाैड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा विश्वस्त रहेकाे पाैड्यालले बताएका छन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजी कोष ३२ अर्ब ६८ करोड रूपैयाँ हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १ सय ३५ वटा हुनेछ ATM संख्या भने १८३ हुनेछ । निक्षेपकाे आकार २१६ अर्ब हुनेछ भने कर्जाकाे आकार  रु २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैकाे आकार  २ खर्ब माथि हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको