Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले पायो युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

अर्थ संसार

बुधबार, १६ असार २०७८, ११ : ०१ मा प्रकाशित

नबिल बैंकले पायो युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएकाे छ । राष्ट्र बैंकले हिजाे (असार १५ गते, मंगलबार) मर्जर तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।  

दुवै कम्पनीकाे असार ५ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा वैशाख १७ गते हस्ताक्षर भएको थियो ।

युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60dc009df37dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको