Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको हकप्रद बाँडफाँड, धेरै आवेदन दिनेको पैसा फिर्ता कहिले ?

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, ०८ : ०९ मा प्रकाशित

नागरिक लगानी कोषको हकप्रद बाँडफाँड, धेरै आवेदन दिनेको पैसा फिर्ता कहिले ?

नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि  माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद शेयर बाँडफाँड गरेकाे छ ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने १२ लाख ६ सय ६० जना शेयरधनीहरूलाई कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार फागुन ६ गते बिहीबार बाँडफाँड गरिएकाे काेषले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

काेषले चुक्ता पूँजीको १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे ।

त्यसैगरी, काेषले आफ्नाे कायम हक भन्दा बढी दरखास्त दिने आवेदकहरूको बाँकी रकम भोलि (फागुन १० गते, साेमबार) बाट बैंक खातामा जम्मा हुने पनि बताएकाे छ । काेषकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियाे । 

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6031bde0f3ce7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको