Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १० : २६ मा प्रकाशित

एनसीसी बैंकको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलामीमा राखेको संस्थापक समुहको सेयरमा आवेदन दिने अन्तिम दिन आज (आइतबार) रहेकाे छ । बैंकले फागुन २ गते, आइतबारबाट २५ लाख कित्ता संस्थापक समुहको सेयरहरू बढाबढ गरि बिक्री खुल्ला गरेकाे थियो । 

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १४० रूपैयाँमा  तोकिएको छ। त्यसैले सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरमा हालका संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आजसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 
 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6031e4c4cf527.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको