Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबारमा नेपाल बैंक अब्बल

नेप्से

आइतबार, ०९ फागुन २०७७, १५ : २८ मा प्रकाशित

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबारमा नेपाल बैंक अब्बल

साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजार सामान्य सुधार देखिँदा सेन्सेटीभ परिसूचक भने घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ ।

कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल बैंक लिमिटेडले अग्र स्थान कायम गरेकाे छ । आइतबार अपर तामाकाेशी, शिव श्री हाइड्राेपावर, निफ्रा लगायतका सेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

आजकाे सेयर तालिका हेर्नुहोस् :

60322b86db7cc.PNG 60322b894144c.PNG 60322b91a936c.PNG 60322b91af42e.PNG 60322b91c34f5.PNG 60322b91ccddb.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको