Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता हिस्स !

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १६ : ०० मा प्रकाशित

सेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता हिस्स !

साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजार सामान्य सुधार देखिँदा सेन्सेटीभ परिसूचक भने घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ ।

कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
सेयर बजार बढ्दा पनि बेष्ट फाइनान्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड,समित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

यी हुन् आइतबार सबैभन्दा बढी घाटा बेहोर्ने कम्पनी:-

603235dc8d6d7.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको