Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी नागरिकबाट ७ महिनामा ३८ करोड बढी राजस्व संकलन

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १४ : ३० मा प्रकाशित

विदेशी नागरिकबाट ७ महिनामा ३८ करोड बढी राजस्व संकलन

अध्यागमन विभागले  विदेशी नागरिकबाट चालु आर्थिक वर्षको २०७७/७८ को ७ महिनाको अवधिमा ३८ करोड ४ लाख ८३ हजार बढी राजस्व संकलन गरेको छ ।

विभागका अनुसार यस अवधिमा विभिन्न १४ शिर्षकमा ३३ हजार बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा दिइएको हो । जसमध्ये १३ हजार ७ सय बढीलाई पर्यटक भिषा र १० हजार बढीलाई भिसा थप गरेको छ । 

त्यस्तै व्यवसायिक भिसामा १ हजार ६ सय, ८ सय वैवाहिक भिसा, करिब ७ सय अध्ययन भिसा, १ हजार ६ सयलाई कामदार भिसा, ५ सय ३० डिप्लोमेटिक भिसा जारी भएका छन्। 

साथै, पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधीमा संलग्न भएका करिब डेढ सय बढी विदेशी नागरिक लाई निष्कासित गरीएको विभागले जनाएको छ । 
अध्यागमन विभागका अनुसार ओभरस्टे विदेशी मुद्रा अपचलन, बैकिङ कसुर, लागु औषध लगायतका कसुरमा कारबाही स्वरुप निष्कासित भएका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको