Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १० फागुन २०७७, ०६ : ५५ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १० गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (फागुन १० गते, साेमबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको २२ औं वार्षिक साधारण सभा फागुन २५ गते हुँदैछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको