Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको नाफामा पहिरो, ४१ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, ०६ : ४९ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको नाफामा पहिरो, ४१ रुपैयाँले घट्यो ईपीएस

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ८३.८८ प्रतिशतले घटेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ८४ लाख ८२ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६.९६ प्रतिशतले घटेर ४८ करोड हजार रुपैयाँमा झरेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड ६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.७२ रुपैयाँले घटेर ५.९३ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6370436215d8c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको