Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्याे ऋणपत्र बाँडफाँड

अर्थ संसार

सोमबार, १० फागुन २०७७, ०७ : ३४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्याे ऋणपत्र बाँडफाँड

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । 

बैंकले माघ १६ गते, शुक्रबारबाट फागुन २ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्र उक्त अवधिभित्र प्राप्त आवेदनहरू प्रशाेधन गर्दा सर्वसाधारणका लागि छुट्याइएकाेमा माग बमाेजिम र व्यक्तिगत तवर मार्फत प्राप्त आवेदनकाे हकमा आंशिक रूपमा हिजाे (फागुन ९ गते, आइतबार) ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएकाे छ । व्यक्तिगत तवर तर्फका आवेदकहरुले आंशिक बाँडफाँडमा परेकाे ऋणपत्र बाहेककाे बाँकी रकम आज (फागुन १० गते, साेमबार) देखि फिर्ता पाउनेछन् ।

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेकाे थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60330e832c8d0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको