Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट

नेप्से

सोमबार, १० फागुन २०७७, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । 

आज नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा पुगेको छ । नेप्से १.२४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ९.२२ अंकले घटेर ४७०.९६ अंकमा पुगेको छ । प्रिसेसनमा २५.५२ अंकले बढेको सेयर बजारमा बिक्रेताको चाप बढेसँगै नेप्से परिसूचकमा गिरावट आएको हो । 

कुल २ सय ७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये २ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकि १० वटा उपसमूहहरुको सेयर घटेको छ । आज हाइड्रोपावर र अन्य समूहको मात्र सेयर बढेको हो  ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३८ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:

6033798ee2543.png 60337992bc32d.PNG 60337995dd417.PNG 6033799cdacad.PNG 6033799cdcc1e.PNG 6033799d065cf.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको