Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, १० फागुन २०७७, १५ : ४० मा प्रकाशित

सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । 
आज नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा पुगेको छ । नेप्से १.२४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ९.२२ अंकले घटेर ४७०.९६ अंकमा पुगेको छ । प्रिसेसनमा २५.५२ अंकले बढेको सेयर बजारमा बिक्रेताको चाप बढेसँगै नेप्से परिसूचकमा गिरावट आएको हो । 

कूल २०७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार  ६ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा सेन्चुरी कमर्सियल बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड, मेघा बैंक लिमिटेड, नबिल इक्वीटि फण्ड, माछापुच्छ्रे बैंक लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सनराइज बैंक लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआईसी एशिया बैंक कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

यी हुन् सेयर बजार घट्दा सबैभन्दा बढी गुमाउने कम्पनी: 

 

60337fbf6d6e5.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको