Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, ०६ : ५३ मा प्रकाशित

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज (फागुन १२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६१ हजार २ सय कित्ता र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । जसमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड​काे मूल्य ५२३ रूपैयाँ, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ८१२ र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​काे मूल्य ४६३ रूपैयाँ ताेकिएकाे छ ।

उक्त सेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको