Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका यी स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १३ : ०६ मा प्रकाशित

आज देशका यी स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (बुधवार) देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको