Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको सेयरको बोलपत्र आज खोलिँदै

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, ११ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको सेयरको बोलपत्र आज खोलिँदै

एनआईसी एशिया बैंक लिमिटेडले माघ ८ गते, बिहीबारबाट फागुन १२ गते, बुधबारसम्म बिक्री खुल्ला गरेकाे ३ वटा कम्पनीकाे लिलामी सेयरमा परेका बाेलपत्रहरू आज (फागुन १४ गते, शुक्रबार) खाेलिने भएकाे छ । 

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँमा दिउँसाे ३:३० बजे खाेलिने बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६१ हजार २ सय कित्ता र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60388bc524d55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको