Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ आजको मौसम ?

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १२ : ३३ मा प्रकाशित

कस्तो छ आजको मौसम ?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ।

नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेका कारण प्रदेश १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । तराईका थोरै भूभागहरूमाभने हस्सु/कुहिरो लागेको छ।

त्यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको