Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनको लगानी रहेको कम्पनीले ४९ प्रतिशतसम्म आइपीओ जारी गर्न पाउने,यस्तो छ धितोपत्र बोर्डले गरेको व्यवस्था

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ३२ मा प्रकाशित

एनआरएनको लगानी रहेको कम्पनीले ४९ प्रतिशतसम्म आइपीओ जारी गर्न पाउने,यस्तो छ धितोपत्र बोर्डले गरेको व्यवस्था

 गैर आवासिय नेपालीहरुले खोलेको इन्भेष्टमेन्ट कम्पनीले ४९ प्रतिशत सम्म आइपीओ निष्कासन गर्न पाउने भएका छन् । धितोपत्र निष्काशन तथा बाडँफाँड (आठौं संशोधन) २०८१ ले यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकाको परिच्छेद–२ क थप गर्दै संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले  सेयर जारी गर्न चाहेमा ऐन, नियमावली र यस परिच्छेदबमोजिम प्रक्रिया पूरा गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको छ।

गैरआवासीय नेपाल भन्नाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका विदेशी मुलुकको नागरिकता वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपाली सम्झनुपर्छ।

संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालको संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी सम्झनुपर्ने धितोपत्र बोर्डले स्पष्ट पारेको छ। यसरी निष्कासन गरिने सेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउन सक्नेछन्।त्यस्ता कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ ख बमोजिम गैरआवासीय नेपालीका लागि मात्र सेयर निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ।

संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले प्रिमियम थप गरी सेयर निष्कासन गर्न नपाउने प्रावधान पनि धितोपत्र बोर्डले ल्याएको छ।

त्यस्ता कम्पनीले साधारण सेयर जारी गर्नुपूर्व सेयर धितोपत्र बोर्डमा दर्ता गर्नुपर्दछ। त्यसपछि सबै प्रक्रिया पूरा गरी साधारण शेयर निष्कासनपूर्व विवरणपत्र स्वीकृतिका लागि धितोपत्र बोर्डमा दिनुपर्छ।

त्यसपछि धितोपत्र बोर्डले विवरणपत्र स्वीकृतिअघि जाँचबुझ गर्नेछ। विवरणपत्रमा थपघट गर्नुपर्ने देखिएमा धितोपत्र बोर्डले कम्पनीले निर्देशन दिन सक्नेछ। विवरणपत्र उपयुक्त देखिएमा ७ कार्य दिनभित्र धितोपत्र बोर्डले विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिनेछ। त्यसपछि लगानीकर्ताले देख्ने गरी कम्पनीको र धितोपत्र बिक्री प्रबन्धको वेबसाइटमा विवरणपत्र राख्नुपर्नेछ। त्यसपछि कम्पनीले निष्कासन गरिने सेयरको दरखास्त खुला रहने अवधि कम्तीमा ४ कार्यदिन हुनेछ। दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्नेछ। तर, त्यसको जानकारी कम्पनीले धितोपत्र बोर्डलाई दिनुपर्नेछ।

यस्ता कम्पनीको सेयर कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरेबमोजिम हुने व्यवस्था धितोपत्र बोर्डले गरेको छ। शेयर कारोबार गर्दा न्यूनतम १ हजार कित्ता (इकाइ) गर्नुपर्नेछ। शेयर कारोबार गैरआवासीय नेपालीबीचमात्रै हुनेछ। 

सेयर निष्काशनमा पचास प्रतिशतभन्दा कम आवेदन परेमा प्रक्रिया रद्द हुनेछ भने बाँकी सेयर पुराना सेयरधनीलाई दिने व्यवस्था छ।  नयाँ प्रावधानले गैरआवासीय नेपालीको लगानी सुरक्षित गर्दै धितोपत्र बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

67403b9215b3e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको