Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलद्वारा ३६.८४ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १० : २३ मा प्रकाशित

सोल्टी होटलद्वारा ३६.८४ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति  ?

सोल्टी होटलले लाभांश घोषणा गरेको छ । होटलले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो । होटलको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

होटलले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१ ८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको