Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १५ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १४ : ४५ मा प्रकाशित

नेप्सेमा १५ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमध्ये एक कम्पनीको हकप्रद, २ वटा कम्पनीको आइपिओ र बाँकि १२ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको हो । यस साथ सेयर सूचिकृत हुने कम्पनीमध्ये ४ वटा बैंक, ३ वटा हाइड्रोपावर, ३ वटा लघुवित्त, २ वटा म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनी रहेका छन् ।

नेप्सेमा रिडी हाइड्रोपावर, अपि पावर, सानिमा माई हाइड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, आइसीएफसी फाइनान्स कम्पनी, स्पर्श लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त, वोमी लघुवित्त, मेगा बैंक, कृषी विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

कुन कम्पनीको कति ? 

रिडी हाइड्रोपावर 
आइतबार रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८३७ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अपि पावर कम्पनी लिमिटेड 
त्यसैगरी, अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर आइतबार सूचीकृत भएको छ । 

सानिमा माई हाइड्रोपावर 
आइतबार सानिमा माई हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले २५ लाख ५३ हजार एक सय कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । 

प्राइम लाइफ इन्स्योरेन्स
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम लाइफ इन्स्योरेन्स बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कम्पनीको १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।  

एभरेष्ट बैंक लिमिटेड 
सोमबार नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

आइसीएफसी फाइनान्स कम्पनी 
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइसीएफसी फाइनान्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

स्पर्श लघुवित्त वित्तीय संस्था
मंगलबार नेप्सेमा स्पर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको १ लाख ८२ हजार ८ सय ८.९७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  

आशा लघुवित्त वित्तीय संस्था 
बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आशा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको बोनस सेयर वापतको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

वोमी लघुवित्त वित्तीय संस्था 
नेप्सेमा बुधबार वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता सेयर सूचीकृत भएको छ । 

मेगा बैंक लिमिटेड 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार मेगा बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार मेगा बैंकको १० प्रतिशत बोनस सेयर वापतको १ करोड ३३ लाख २२ हजार ६९५.४१६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कृषि विकास बैंक
बिहिबार नेप्सेमा कृषि विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कृषि विकास बैंकको १५ प्रतिशत बोनस सेयर वापतको १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता सेयर सूचीकृत भएको हो ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंक
नेप्सेमा बिहिबार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ५६ लाख ८ हजार १.४७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

ग्लोबल आइएमई लघुवित्त 
बिहिबार नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख १३ हजार ९१.०८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सानिमा लार्ज क्याप फण्ड 
त्यसैगरी, यसै साता सानिमा लार्ज क्याप फण्डको १२ करोड कित्ता आइपिओ पनि नेप्सेमा सूचिकृत भएको छ ।

 '८.५०% सानिमा डिबेन्चर २०८७'
 "८.५०% सानिमा डिबेन्चर २०८७" को ३० लाख ५२ हजार ४ सय ४ कित्ता आइपिओ अनि नेप्सेमा सूचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको