Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौँले डाक्याे विशेष साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, १७ : १४ मा प्रकाशित

बैंक अफ काठमाडौँले डाक्याे विशेष साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

बैंक अफ काठमाडौँ लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे फागुन १६ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ३ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

विशेष साधारण सभामा बैंकले सर्वसाधारण शेयरधनी समूहकाे तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूकाे निर्वाचन गर्नेछ । यसका साथै, विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायहरूबाट कुनै थप/घट वा संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ फागुन २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको