Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी सस्तो डिल मार्फत किनमेल गर्दा नगद फिर्ता

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, १७ : ४८ मा प्रकाशित

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी सस्तो डिल मार्फत किनमेल गर्दा नगद फिर्ता

एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरु लाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तो डिल मार्फत किनमेल गर्दा १२ प्रतिशतसम्म रकम फिर्ता गर्ने व्यवस्था गरेको छ ।  साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना बैंकले ल्याएको हो । 

यस बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैंक र सस्तो डिल बीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेटछन् । यसका लागि ग्राहक महानुभावहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।

यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहकहरु सहभागी हुन सक्नेछन् । यसका लागि ग्राहकरूले बैंकको (र्आइ सर्भिस) डिजिटल सेवा (https://iserve.nicasiabank.com) मा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नेछन् । अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि भएसँगै अनलाइन भुक्तानी गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरु लाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग   पुर्याउन
यस योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको