Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १० : ३५ मा प्रकाशित

सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे फागुन १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे एघाराैँ वार्षिक साधारण सभा चैत्र ९ गते, साेमबार आगन्तुक रिसाेर्ट, बनेपा, काभ्रेपलाञ्चाेक बिहान १०:३० बजेबाट सुरू हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले बैंकका शेयरधनीहरूको हात खाली हुने बैंककाे छ । बैंककाे फागुन ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट शेयरधनीहरूका लागि  लाभांश वितरण नगर्ने  निर्णय गरेकाे हाे ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, साधारण सभा प्रयाेजनका लागि फागुन २८ गते, शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

603c734e79146.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको