Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवकाे अवसरमा सिन्धु विकास बैंकको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ११ : ३८ मा प्रकाशित

वार्षिकोत्सवकाे अवसरमा सिन्धु विकास बैंकको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सव यही भाद्र १९ गते देखि भाद्र २४ गतेसम्म सप्ताहव्यापी रुपममा विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।

बैंकको भाद्र २४ गते परेको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईवर क्राईम बिषयमा सचेतना मुलक कार्यक्रहरु लगायत विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गर्नुका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लामा रहेका विभिन्न प्रतिष्ठित मठ मन्दीरहरुको सरसफाई तथा डस्टपिनहरु वितरण गरी भाद्र २४ गते बैंकको कर्पोरेट कार्यालयको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार लगायत आसपास क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैंक वित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको