Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले डाक्याे साधारण सभा, लगानीकर्ताकाे हात खाली

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १३ : १० मा प्रकाशित

सिन्धु विकास बैंकले डाक्याे साधारण सभा, लगानीकर्ताकाे हात खाली

सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे (माघ ५ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार, हाेटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चाेकमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले बैंकका लगानीकर्ताकाे हात खाली हुनेछ ।

सभामा, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि माघ १६ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको