Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १८ : ४० मा प्रकाशित

सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले श्रावण ६ गते शुक्रबार आफ्नो बाह्रौं बार्षिक साधारण सभा मिरावल रिर्सोट एण्ड होटल धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. ०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसंग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट आगामी ४ वर्षका लागी सञ्चालकहरुमा संजिव प्रधान, समिर कक्षपति र बसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित भएका छन् ।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनहरुमा बाग्मती प्रदेश कै अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजानका लागी गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तीमा लागी आवश्यक रणनीतिहरु लिईने जानकारी गराए ।

साथै उक्त कार्यक्रममा संचालक समितिका सदस्य तथा कर्मचारी संचय कोषका प्रतिनीधि श्री दिनेश कुमार के सी. ले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने शेयरधनीहरुका तर्फबाट नरेश लाल श्रेष्ठ, शम्भु बहादुर तिमिल्सीना, डम्बरु बल्भ घिमिरे लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले शेयरधनीका तर्फबाट उठेका जिज्ञासाहरुको जवाफ दिनुका साथै बैंकको भावी योजना तथा रणनीतिका बारेमा प्रस्ट पारेका थिए।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको